उत्तर कोरियामा कोरोना भाइरसबाट २ सय सैनिकको मृत्यु

201 total views, 3 views today

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट उत्तर कोरियामा करीब २ सयजना सेनाको मृत्यु भएको छ । उत्तर कोरियामा रहेका विभिन्न शाखाहरुमा कार्यरत सेनाहरुलाई नोबल कोरोना भाइरसको लक्षण देखा परेको र सोही असरले मृत्यु भएको त्यहाँको डेली एनकेले समाचार प्रकाशित गरेको छ । एनकेका अनुसार मार्च ६ मा सेनाको मेडिकल रिपोर्टमा उल्लेख गरिए अनुसार कोरोनाको कारण १ सय ८० सेना जनवरीमा मृत्यु भएको र फेब्रुअरीमा झण्डै ३ हजार ७ सय सेना अहिले क्वारेन्टाइनमा बसिरहेका छन् ।

रिपोर्टका अनुसार कोरोनाका कारण मर्ने ती सैनिकहरु अधिकांश सैनिकहरु सिनो– उत्तरकोरियास्थित प्योङयाङको सीमा क्षेत्र, चागाङर्, याङगाङ र उत्तर हामग्योङ प्रान्तमा कार्यरत थिए । यसका साथै रिपोर्टमा उच्च ज्वरो र निमोनियाका कारण मृत्यु भएपछि नेतृत्व तहले सबैको तथ्याङ्क संकलन गर्न आदेश दिएको छ । यस्तै क्वारेन्टाइनमा राखिएका सैनिकहरुको तथ्याङ्क समेत संकलन गर्न आदेश दिएको छ । यसले उत्तर कोरियाको सैनिक प्रतिष्ठानमा आतंक मच्चाएको छ भने कोरोनाबाट बच्न सक्ने सबै उपाय अपनाउन सैनिक नेतृत्वले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार