1,900 total views, 2 views today
काठमाडौं। गायिका रीतु कँडेलको नयाँ तीज गीत सार्वजनिक भएको छ । गायिका कँडेलको आफनै शब्द र स्वर रहेको गीत यू ट्यूबमार्फत सार्वजनिक गरिएको हो ।
गीतको बोल ‘विदेशी भूमी’ रहेको छ । गीतमा अर्जुन सुनामको संगीत छ।
भिडियोसहित रिलिज गीतलाई रीतु स्वयंले निर्देशन गरेकी हुन् भने समिर थोकरको नृत्य निर्देशन गरेका छन्। भिडियोमा ऋचा थापा र टिम फिचर्ड छन्।
गीतको शब्द, लय र गायन तथा छायाङ्कन हेर्दा यसपटकको तीजमा गीतले बबाल मच्चाउने निश्चित छ ।