1,570 total views, 2 views today
काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति को होला भन्ने कौतुहलता अहिले सबैमा छ । संघीय संसद् सचिवालयले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । तालिका अनुसार फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुनेछ ।
अहिले राष्ट्रपति हुने सम्भावनामा दुई व्यक्तिको नाम चर्चामा छ । एक हुन हालकै राष्ट्रपति बिद्या भण्डारी र अर्का हुन एमाले वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनाल । राष्ट्रपति भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहर्याउने चाहना प्रधानमन्त्री केपी ओलीको हो । ओलीको चाहना अनुसार अहिले एमालेका केही नेताहरु राष्ट्रपति भण्डारीलाई पुनः राष्ट्रपति हुनुपर्छ भन्दै उक्साइरहेका छन । तर, बर्तमान प्रधानमन्त्री ओलीकै कारण राष्ट्रपति विवादमा परेपछि भण्डारी केही हच्केको थाहा भएको छ । राष्ट्रपति कुनै पार्टी र व्यक्ति बिशेषको नभइ मुलुक र जनताको साझा व्यक्ति भएकाले आफू विवादमा आउँदा उहाँलाई खिन्नता महसुस भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा देउवा सरकारद्वारा सिफारिस तीन व्यक्तिको नाम फिर्ता लिइ नयाँ नाम सिफारिस गरेपछि भण्डारीले तत्काल ती नाम अनुमोदन गर्नुभएको थियो । यो दोस्रो मुद्दा थियो जसले राष्ट्रपतिलाई विवादमा तान्यो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नै नदिई एमाले अध्यक्ष केपी ओलीलाई हतारमा हतारमा प्रधानमन्त्रीको नियु्क्ति दिने तयारी गरेपछि उहाँ विवादमा पर्नुभएको थियो ।
यी बिषय एमाले र माओवादी केन्द्रका थुप्रै नेताहरुलाई पनि मन परेको छैन । उनीहरुले राष्ट्रपति आफनो सीमा र मर्यादामा बस्न नसकेको गुनासो आन्तरिक बैठकहरुमा गर्न थालेका छन । अध्यक्ष ओलीले पार्टीमा आफना समर्थकलाई मात्र संरक्षण गरी भूमिका दिने तर फरक मतलाई सोत्तर पार्न खोजेपछि माधव नेपाल पक्षमात्र नभइ झलनाथ खनाल र बामदेव गौतम पनि चिढिएका छन । यसकै नजिता थियो ठाकुर गैरे लगायतका नेताहरुलाई पन्छाउन खोज्दा स्थायी कमिटी बैठकमा उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईको नोट अफ डिसेन्ट । सोही बैठकमा सचिव भट्टराईले ओली पक्षधर उपमहासचिव बिष्णु पौडेललाई मुटु छेडने गरी जवाफ दिएका थिए ।
अहिले राष्ट्रपति चयनको सन्दर्भ चलिरहँदा ओली पक्षधर नेताहरुले हालकै राष्ट्रपतिलाई दोहर्याउने तयारी गरेपछि एमाले भित्र भूँइचालो गएको छ । उपाध्यक्षद्वय बामदेव गौतम र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिव योगेश भट्टराई लगायतका नेताहरु आक्रोशित भएका छन । पार्टीको आगामी बैठकमा ओली पक्षलाई र्याखर्याख््ती पार्ने उनीहरुको तयारी छ । उनीहरुले स्थायी कमिटी बैठकमा राष्ट्रपतिको उम्मेदवार तय गर्दा वरिष्ठ नेता झलनाथ खनालको नाम प्रस्ताव गर्ने भएका छन । कुनैपनि हालतमा नेता खनालको नाम राष्ट्रपतिका लागि प्रस्ताव गरी निर्णय गराइने एक स्थायी कमिटी सदस्यले एभरेष्टअनलाइन खबरलाई बताए । उनका अनुसार उपाध्यक्ष बामदेव गौतम भित्रभित्रै खुलेर खनालका पक्षमा उभिएका छन । अर्का उपाध्यक्ष भीम रावलले पनि खनालाई ग्रिन सिग्नल दिइसकेका छन ।
एमाले भित्र खनालका पक्षमा समीकरण बनिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दबाबमा परेका छन । उनले राष्ट्रपति र उपराष्ट्रपति दोहर्याउने वा नदोहर्याउनेबारे कुनै निर्णय गर्न सकेका छैनन तर उनी प्रधानमन्त्री ओलीसंगको गठवन्धनका कारण अफ्ठ्यारोमा परेका छन । आउँदो पार्टी महाधिवेशनमा जसले आफूलाई सघाउँछ उसैलाई राष्ट्रपतिमा समर्थन गर्ने योजनामा उनी छन । यसरी हेर्दा ओली पक्ष कुनैपनि हालतमा महाधिवेशनमार्फत प्रचण्डको हातमा पार्टी सुम्पिन चाहँदैन । ओली पक्षले महासचिव ईश्वर पोखरेललाई अध्यक्षका लागि तयारी गर्न सुझाव दिइसकेको छ । राष्ट्रपति भण्डारीलाई पुनः दोहर्याउन नमाने पार्टीमा फिर्ता बोलाई अध्यक्ष बन्न लगाउने चेतावनी माधव नेपाललाई दिइएको छ । ओली पक्षको रणनीति अनुसार यसो गर्दा माधव नेपालले बिद्यालाई राष्ट्रपतिमा दोहर्याउन स्वीकृति दिनेछन । यसबाट नेता नेपालले महाविधेनमार्फत अध्यक्ष बन्ने बाटो खुला भएको बुझने ओलीको पक्षको बुझाई छ । तर, वरिष्ठ नेता नेपाल नेपाली राजनीतिमा सटिक बिश्लेषण गरी कदम चाल्न माहिर मानिन्छन । उनले ओली पक्षका कुरा सुनेपनि खनाल र गौतमलाई बढी बिश्वास गर्न थालेका छन । खनाल र गौतमलाई साथमा लिन सकियो भने बिद्या वा प्रचण्ड जो भएपनि माथ खुवाउन सकिने उनको निष्कर्ष छ । यसकारण नेता नेपालपनि राष्ट्रपतिमा खनाललाई समर्थन गर्ने निष्कर्षमा पुगेका छन ।
एमालेका निकै प्रभावशाली र संगठनमा बिशेष प्रभाव भएका उपाध्यक्ष बामदेव गौतम ओलीसंग रुष्ठ भएका छन । ओलीलाई आफूले अध्यक्ष बनाएको तर अहिले आएर ओलीले गुन बिर्षेको उनको गुनासो छ । ओलीले पार्टी अध्यक्ष बन्दै गर्दा गौतमलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सहमति गरेका थिए । पार्टी अध्यक्ष भैसकेपछि ओलीले सबै बचन तोडेपछि गौतम ओलीसंग आक्रोशित भएका छन । ‘आफू दु्ई–दुई पटक प्रधानमन्त्री बन्ने तर जसले यहाँसम्म पुर्याएको हो उसका बारेमा सोच्दै नसोच्ने ? यसरी पनि हुन्छ, ओलीलाई अब सहयोग गर्न सकिन्न ? ’ गौतमले आफूसंग भेटघाट गर्न आउने पार्टीका नेताहरुसंग भन्ने गर्नुभएको छ ।
एमाले नेता खनाललाई राष्ट्रपति बनाउनुपर्ने बिषयमा माओवादी केन्द्र भित्र पनि माहोल बन्न थालेको देखिन्छ । नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहाद्ुर महरा र बर्षमान पुन खनालका पक्षमा देखिएका छन । उनीहरुले राजनीतिक शक्ति सन्तुलन र पार्टी महाधिवेशनमा हुने राजनीतिक लाभका लागि पनि खनाललाई राष्ट्रपति बनाउनुपर्ने सुझाव अध्यक्ष प्रचण्डालाई दिने गरेका छन ।
पक्ष-विपक्ष, गुट-उपगुट सबै एक मत र एक जुट, सो,अब को राष्ट्रपती जो बनून, सर्व-सम्मत बनुन, ✊✊✊✊
टाढाकाे जात्रा हेर्नुपर्दैन, ठिमीले जात्रा हेरेपुग्छ,