Breaking News.... EverestOnlineKhabar
February 7, 2026

ला लिगाको उपाधि रियल माड्रिडलाई, ५ वर्षपछि उपाधि जित्यो उपाधि

Loading

मड्रिड,८ जेठ ।
रियल मड्रिडले ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ । रियल मड्रिडले मालागालाई उसैको मैदानमा २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।  रियलका लागि क्रिस्टियानो रोनाल्डोले खेलको दोस्रो मिनेटमा गोल गरे र करिम बेन्जामाले ५५ औँ मिनेटमा गोल गरे । रियललाई उपाधिका लागि १ अंक मात्र आवश्यक थियो । बार्सिलोनाले इबारलाई ४–२ गोल अन्तरले पराजित गरे पनि रियलले ३ अंकको स्पष्ट अग्रता बनाउँदै २०१२ पछि स्पेनिस ला लिगाको उपाधि जितेको हो ।
रियलले यो सिजन ३८ खेलमा ९३ अंक जोडेको छ । बार्सिलोना समान ३८ खेलमा ९० अंक जोड्दै दोस्रो स्थानमा छ । बार्सिलोनाले अन्तिम खेलमा लिओनल मेस्सीको २ गोलमा इबारलाई पराजित गर्यो । बार्सिलोनाको जितमा मेस्सीको दुई साथै स्वारेज र जुन्काले एक एक गोल गरे । इबारको इन्वीले दुई गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.