Breaking News.... EverestOnlineKhabar
February 9, 2026

पहिलो चरणमा रोकिएका दुई गाउँपालिकामा मतदान हुँदै

Loading

काठमाडौ,७ जेठ ।
पहिलो चरण अन्तरगत बैशाख ३१ गते चुनाव हुन नसकेको दुई वटा गाउँपालिकामा आइतबार मतदान हुँदैछ । कालिकोटको नरहरिनाथ गाउँपालिका र दोलखाको मेलुङ गाउँपालिकामा आइतबार मतदान भइरहेको हो ।
चुनावका बेला झडप हुँदा दोलखा र कालिकोटमा एक– एक जनाको ज्यान गएपछि मतदान स्थगित भएको थियो । निर्वाचन अधिकृतले त्यहाँ फेरि मतदान गर्न निर्देशन दिएका थिए ।
यस्तै सिन्धुपाल्चोक, हुम्ला र कालिकोटका एक एक वटा गाउँपालिकामा पनि पछि मतदान भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती, हुम्लाको खार्पुनाथ र कालिकोटको कालिका गाउँपालिकामा ढिलो मतदान भएको अन्तिम परिणाम आउन ढिलाई भएको हो ।
कालिका र इन्द्रावतीमा गएको बिहीबार तथा खार्पुनाथमा अस्ति शुक्रबार मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.