Breaking News.... EverestOnlineKhabar
February 4, 2026

धादिङ ज्वालामुखी गाउँपालिकाका अध्यक्षमाथि एमालेको आक्रमण, ७ जना घाइते

Loading

धादिङ,जेठ ।
धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनामाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट तिमल्सिनासहित सात जना घाइते भएका छन् । विजय जुलुसबाट फर्किरहेका बेला एमाले कार्यकर्ताहरुले घेरा हालेर आक्रमण गरेको घाइतेहरुले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेसी ल्याइएको छ ।
कांग्रेस धादिङका सचिवसमेत रहेका तिमिल्सिना एमाले उम्मेदवार रामप्रसाद अधिकारीलाई २४ मत अन्तरले पछि पार्दै ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी जानुका सिंखडा विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.