Breaking News.... EverestOnlineKhabar
February 8, 2026

माओवादीसंग चुनावी तालमेल गरेर कांग्रेस नेतृत्वले ठुलो गल्ती गर्योःनेता रामकुमार केसी

Loading

स्थानीय तह निर्वाचनको पहिलो चरणमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच केहि स्थानमा चुनावी तालमेल भएको थियो । यता प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाबीच पनि केहि स्थानमा चुनावी तालमेल भएको थियो । तर शीर्ष नेतृत्व तहमा तालमेल भएपनि स्थानीय तहका कार्यकर्ता भने सन्तुष्ट हुनसकेन्। परिणामस्वरुप तालमेल अनुसारको मत परिणाम आउन सकेको छैन् । यसै, शन्र्दभमा प्रस्तुत छः नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्षका उम्मेद्वार रामकुमार  केसीसंग एभरेष्ट अनलाईन खबर सम्वाददाताले गरेको संक्षिप्त कुराकानीः
१.स्थानीय तह निर्वाचनको मतदानपछि भईरहेको मतगणनालाई कसरी लिनुभएको छ ?
– निर्वाचनको मतगणना एकदमै सुस्त छ । यो निर्वाचन आयोगको ठुलो गल्ती हो । निर्वाचन आयोगले मतगणना छिटो गर्न प्राविधिक व्यवस्थापन गर्नुपथ्र्यो तर हुन सकेन् । यति धेरै जनसंख्या भएको महानगरपालिका र वडाहरुमा एक ठाउँमा मात्र मतगणना गर्ने व्यवस्था मिलाईएको छ । यो भन्दा गलत के हुनसक्छ ? जस्तै काठमाडौ महानगरपालिकामा ३२ वडा छन्,३२ वटै मतगणना स्थल बनाउनुपर्दैन आयोगले ? आयोगले चुनाव मात्रे गर्ने भन्यो तर प्राविधिक विषय चुस्त र दुरुस्त बनाएको पाइएन् ।
२. तपाईहरुले आयोगलाई दोष दिनुहुन्छ तर आयोगले राजनीतिक दललाई दोष दिईरहेको छ नि ?
– निर्वाचन आयोगले दलहरुलाई कुन आधारमा दोष दिन्छ ? आफ्नो कमजोरी लुकाउन दलहरुलाई दोष दिएको हो । व्यालेट पेपरमा हस्ताक्षर छैन्,थोरै ठाउँमा मतगणना गराएको छ,दलहरुसंग गरिएको सल्लाह अनुसार खै आचारसंहिता लागु भएको ?अनि यो दलहरुका कारणले ढिलाई भएको हो ? समग्रमा भन्नुपर्दा मतगणनामा निर्वाचन आयोगको गल्ती र कमजोरी छ । हामी मतपरिणाम छिटो छरितो कसरी बनाउनुपर्छ भन्ने विषयमा ध्यानाकर्षण गराउन प्रमुखनिर्वाचन आयुक्तसंग पनि गएका थियौ । हामीले सुझाव पनि दियौँ तर उहाँले उक्त सुझावलाई गम्भिरताका साथ लिएको जस्तो लागेन ।
३.अहिलेसम्म आएको मतपरिणामलाई कसरी लिनुभएको छ ?
– नेपाली कांग्रेसले कुनैपनि दलसंग चुनावी तालमेल गर्नुपर्ने आवश्यकता थिएन् । नेतृत्वले यो मामिलामा गल्ती गरेको हो । नेपाली कांग्रेस एक्लै चुनाव जित्न सक्षम छ । नेपाली कांग्रेस ठुलो पार्टी हो । चुनाव हारेपनि जिते पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने थियो । नेतृत्वले ठुलो गल्ती गर्यो । कार्यकर्ताहरु नेतृत्वप्रति सन्तुष्ट छैनन् ।
एमालेको कुरा गर्ने हो भने एमालेको भनाई र गराईमा ठिक विपरित हुन्छ । महिलाको अधिकार भन्दै ठुला ठुला कुरा गर्ने तर चुनावमा महिलालाई उम्मेद्वार नवनाउने ? अहिलेसम्म आएको निर्वाचन परिणाम सन्तोषजनक छैन् । कांग्रेसको यस्तो परिणाम हुने अवस्था थिएन् । शीर्ष नेतृत्वले त तालमेल गर्ने निर्णय गर्यो तर मतदाता र पार्टी कार्यकर्ताले त मानेनन् नि ।
४.चुनाव समयमा आफ्नै पार्टीको नेतृत्वको यसरी आलोचना गर्न मिल्छ ?
– पार्टी नेतृत्वले सरसल्लाह नै नगरी एकलौटी निर्णय गर्यो । जसले नेपाली कांग्रेसका हजारौ कार्यकर्ता मार्यो उसैसंग चुनावी तालमेल गर्ने ? नेतृत्वले कार्यकर्ताको भावना बुझ्नु पर्दैन ? आफ्नै पार्टीको नेतृत्वको पनि गल्ती छ भने गल्ती भयो भन्नसक्नुपर्छ र भन्नुपनि पर्छ । सहिलाई सहि र गल्तीलाई गल्ती भन्नसक्नुपर्छ । नेतृत्वले कति गल्ती गरेको छ भन्ने कुरा चितवनको भरतपुर नगरपालिका हेरे हुन्छ । अहिलेको चुनावी परिणाम हेर्दा नेपाली कांग्रेसलाई ठुलो धोका भईरहेको छ ।
५.तपाईले वडा नम्बर १० का जनतासंग के प्रतिबद्धता व्यक्त गर्नुभएको छ ? कसरी पूरा गर्नुहुन्छ ?
– वडा नम्बर १० लाई नेपालकै नमुना अर्थात उदाहरणीय वडा बनाउने लक्ष्य छ । वडालाई धुलो,धुँवा रहित,फाहोरमैला रहित,स्वच्छ,सफा र हराभरा बनाउने लक्ष्य छ । यस्तै,वडालाई सिसी क्यामेरा जडित बनाउने लक्ष्य छ । त्यस्तै,वडा नम्बर १० को सम्पुर्ण भागलाई फ्रि वाईफाई बनाउने योजना छ । त्यस्तै ढलको उचित व्यवस्था, खानेपानीको उचित व्यवस्था,बत्तिको उचित व्यवस्था लगायत १० नम्बर वडालाई आवश्यक पर्ने सबै पूर्वाधारहरु निर्माण गर्छौ ।
६.वडा नम्बर १० लाई उदाहरणीय वडा बनाउनको लागि तपाईसंग के खाका छ ?
– वडा नम्बर १० भनेको बौद्धिक वर्ग बस्ने क्षेत्र हो । हामी नमुना वडा बनाउन सक्छौ । चुनावको प्रचारको समयमा मैले वडा नम्बर १०को छुट्टै घोषणा पत्र समेत तयार गरेर जनता समक्ष पुर्याइसकेको छु । म त्यहि घोषणा पत्र अनुसार काम गर्ने हो । यो खाका मैलेमात्र बनाएको होइन् वडा नम्बर १० मा बस्ने सम्पुर्ण बौद्धिक व्यक्तित्व र आमजनतासंगको रायका आधारमा बनाएको हो । त्यसैले सबै पक्षलाई समेटेर यो वडाको विकास गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.