Breaking News.... EverestOnlineKhabar
June 18, 2026

उम्मेदवार छान्दै राप्रपा: रेखा थापा काठमाण्डौंको उपमेयर

Loading

 एकीकरणपछि स्थानीय निर्वाचनमार्फत् संगठन सुदृढीकरणमा जोड दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौटको तयारी गरिरहेको छ । चुनावी तालमेलका लागि अन्य दलहरुसँग छलफल जारी राखेको बताउँदै पार्टीका प्रवक्ता रोशन कार्कीले भने, ‘सकेसम्म निर्वाचन हुने सबै स्थानमा हाम्रो उम्मेदवारी हुनेछ।’

राप्रपा काठमाण्डौं अध्यक्ष नवराज शिम्खडाका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् भने अभिनेतृ रेखा थापा काठमाण्डौंको उपमेयरमा उम्मेदवार बन्ने भएकी छन् । केही समयअघि भएको पार्टी महाधिवेशनमा थापा राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार थिए।

काठमाण्डौंको शंखरापुरा नगरपालिकाको मेयरमा गोविन्दप्रसाद श्रेष्ठ, रमेश नापित, उपमेयरमा बेली तामाङ्ग र लक्ष्मी थापाको नाम चर्चामा छ। काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा शम्भू थापा र नवराज दाहालको नाम चर्चामा रहेको छ भने उपमेयरमा अन्जु केसी र कृष्णा नगरकोटीमध्ये एक जना उठ्ने छन्।

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नवीन खड्का, सन्तोष अधिकारी र सानुकान्छा श्रेष्ठको चर्चा छ भने उपमेयरमा गिता रिजाल मध्ये एकजना उमेदवार बन्ने छन् । टोखा नगरपालिकाको मेयरमा प्रेम पसाद दुलाल र सुरज पाण्डेमध्ये एकजना उठ्ने छन्।
तारकेश्वर नगरपालिकाको मेयरमा राज कुमार थापा, कपुर लामा, केदार फुयाल मध्ये एकजना उमेदवार बन्ने छन् भने त्यहाँ मिरा महर्जन उपमेयरको उमेदवार बन्ने छन् । नागार्जुन नगरपालिकाको मेयरमा उद्धव थापा र उपमेयरमा निरा खनाल, आशा लामा र रामहरि जोशीमध्ये एकजना उमेदवार बन्ने छन्।

चन्द्रागिरी नगरपालिकाको मेयरमा मदन थापा मगर, पकाश थापा र मिलेन्द्र प्रधान मध्येएकजना उमेदवार बन्ने भएका छन्। कीर्तिपुर नगरपालिकाको मेयरमा शिबराम थापा, जित बहादुर श्रेष्ठ र प्रमोद नापितमध्ये एकजना उमेदवार बन्ने छन् । त्यस्तै दक्षिणकाली नगरपालिकाको मेयरमा श्याम बस्नेत र रुपा बलामीमध्ये एकजना उमेदवार बन्नेछन्।

ललितपुर महानगरपालिकाको मेयरमा पार्टीका केन्द्रीय सदस्य निरन्जन थापार पूर्व केन्द्रीय सदस्य अष्टमान महर्जनमध्ये एक र उपमेयरमा नरेश श्रेष्ठ उठ्ने भएका छन्। महालक्ष्मी नगरपालिकाको मेयरमा आनन्द अधिकारी र उपमेयरमा मेनुका पौडेल र गोदावरी नगरपालिकाको मेयरमा कृष्ण देसार, सूर्यदेवी केसी तथा देवकी खड्का मध्ये एकजना उठ्ने जिल्ला अध्यक्ष रामहरी थापाले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्ने तयारीमा रहेका महामन्त्री धवलसम्शेर राणा लामो समयदेखि मतदाताको घरदैलोमा लागेका छन् । दोस्रो संविधानसभामा नेपालगञ्ज नगरपालिकासहितको बाँके क्षेत्र नम्बर ३ मा दोश्रो भएका राणा यस पटक जित्ने अठोटमा मैदानमा खटिएका छन्।

सहायक महामन्त्री मनोजकुमार प्रधान सल्यानको शारदा नगरपालिकामा मेयरको उम्मेदवार बन्ने भएका छन्। प्रधान दोस्रो संविधानसभा निर्वाचनमा सल्यान क्षेत्र नम्बर २ मा राप्रपा नेपालका उम्मेदवार थिए । हेटौंडा उपमहानगरपालिकाको मेयरमा गणेश थापा र दीपकबहादुर सिंह पार्टीका पूर्व केन्द्रीय सदस्य मधु अधिकारीमध्ये एकलाई प्रत्यासी बनाउने तयारी गरेको छ । मेयरको सार्वजनिक घोषणा भने बैशाख ७ गते गरिने छ।

झापाको दमक नगरपालिकामा सहायक महामन्त्री राम थापा उम्मेदवार बन्ने भएका छन । दोस्रो संविधानसभा निर्वाचनमा दमक नगरपालिकासमेत रहेको क्षेत्र नम्बर ७ मा थापा तेस्रो भएका थिए। स्थानीय तालमेल भएमा यस पटक उनी त्यहाँ जित्ने अवस्थामा रहेको राप्रपा झापा जिल्ला अध्यक्ष अमर विष्टको दावी छ। रापपाले दमकमा रिता श्रेष्ठलाई उपमेयरको उमेदवार बनाउने भएको छ । त्यस्तै झापाको मेची नगरपालिकाको मेयर अशोक सुब्बा र उपमेयरमा सविना बजगाई, विर्तामोड नगरपालिकाको मेयरमा भक्ती सिटौलाको नाम चर्चामा छ, उपमेयरको टुंगो लागेको छैन । त्यस्तै सतासीधाम नगरपालिकाको मेयरमा उमानाथ दाहाल उपमेयरमा रोजी लुईटेल, भद्रपुर नगरपालिकाको मेयर नवराज पाण्डे र उपमेयरमा राधा कार्की उमेदवार बन्दैछन्।

राप्रपाले मोरङ्गको सुनवर्शी नगरपालिकाको मेयरमा जवीरउद्धीन मियाँ, उर्लावारी नगरपालिकाको मेयरमा विनोद पोखरेल, पथरी नगरपालिकाको मेयरमा उर्मिला आचार्य, लेटाङ्ग नगरपालिकाको मेयरमा कोशराज निरौला, सुनसरी जिल्लाको धरान नगरपालिकाको मेयरमा राप्रपाले प्रकाश राईलाई उठाउने भएको छ।

यता भक्तपुरमा राप्रपाले तालमेलको नीतिलाई प्राथमिकतामा राखेको जिल्ला अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए। तालमेल नभएमा राप्रपाले भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा रवीन्द्रप्रताप शाह, माधव खत्री र धनबहादुर लामामध्ये एक, सूर्यविनायक नगरपालिकाको मेयरमा रामेश्वर थापा, नारायण थापा,र रवि ढुंगेलमध्ये एक, मध्यपुर थिमि नगरपालिकाको मेयरमा नरगोविन्द शखदेव वा भूवानावाजा श्रेष्ठमध्ये एक र भक्तपुर नगरपालिकाको मेयरमा रविकृष्ण श्रेष्ठलाई उठाउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.