![]()
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका छन्। मत गणना जारी रहेकाले उनी विजयी भएको औपचारिक घोषणा भने गरिएको छैन। तर, उनका प्रतिद्वन्द्वी किशोर प्रधानले उनलाई हात मिलाएर बधाइ दिइसकेका छन्।
महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ। यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनेछन्।
यसअघि घोषित मतपरिणामअनुसार जिल्ला/नगर समूहका उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन्। उनी प्रधान समूहका हुन्। उनले ५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दिलिप श्रेष्ठले ४७ मत पाएका थिए। यसमा गोल्छाले ४७ र प्रधानले ५१ मत ल्याएका थिएो
त्यस्तै, वस्तुगततर्फका उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी भएका छन्। उनले ४७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी शंकर पाण्डेको ४३ मत थियो। वस्तुगततर्फ गोल्छाले ६१ र प्रधानले ४२ मत पाएका थिए।


