Breaking News.... EverestOnlineKhabar
April 8, 2026

कांग्रेस सभापति देउवा विरुद्धको अवहेलना मुद्दामा सुनुवाई स्थगित

Loading

काठमाडौ, २२चैत । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई विपक्षी वनाई अदालतमा दायर अवहेलना मुद्दामाथि मंगलबार सर्वोच्च अदालतमा हुने भनिएको बहस स्थगित भएको छ । मुद्दाको मंगलबारको सुनुवाई स्थगित सूचीमा आएको छ र आगामी बिहीबारका लागि पेशी तोकिएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिबारे सर्वोच्च अदालतको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप भएको निष्कर्ष निकालेको थियो ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले १८ चैतमा विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा ‘आईजीपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दै जाउँ के हुन्छ ,’ भनी अदालतले गरेको निर्णय उपर घुमाउरो शैलीमा चुनौती दिएका थिए ।

कांग्रेसको निर्णयले अदालतको सामाजिक प्रतिष्ठामा आँच आएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले कांग्रेस र सभापति देउवाविरुद्ध अदालतको अवहेलनामा मुद्दा हालेका थिए । अवहेलना ठहरेमा १ वर्षसम्म कैद, १ लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed