Breaking News.... EverestOnlineKhabar
June 18, 2026

अनलाइन निर्देशिका प्रेस स्वतन्त्रता विपरित छ, तत्काल फिर्ता लिनुपर्छःमन्त्री केसी

Loading

काठमाडौ,२१ चैत ।
नेपाली कांग्रेसका नेता एंव सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधानले दिएको मौलिक अधिकारलाई कुण्ठित पार्ने गरी स्वतन्त्र पत्रकारितालाई कुनैपनि बहानामा अंकुश लगाउने काम क्षम्य नहुने बताउनुभएको छ ।
आइतबार नेपाल प्रेस युनियन डिजिटल मिडिया विभागले काठमाडौमा आयोजना गरेको‘नेपालमा अनलाइन पत्रकारिताको प्रभावकारिताबारे बहस’ तथा आइएफजेको कार्ड वितरण समारोहलाई सम्वोधन गर्दै मन्त्री केसीले अनलाइन सन्चारमाध्यम सन्चालन निर्देशिका निर्माण गर्नेक्रममा सरकारले विवेक नपु¥याएको भए आफुले अस्विकार गर्ने समेत चेतावनी दिनुभयो । अबको युग डिजिटलको युग भएकाले भन्दै मन्त्री केसीले पत्रकारहरुले आफ्नो सीमा र दायित्व भुल्नु नहुनेमा समेत जोड दिनुभयो । समारोहमा वरिष्ठ पत्रकार हरिहर विरहीले लोकतान्त्रिक मूल्य बुझेको सरकारले गलत नियतबाट अनलाइन निर्देशिका जारी गरेको भन्दै यो तत्काल फिर्ता लिनुपर्ने धारणा राख्नुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल हाल जारी भएको अनलाइन सन्चारमाध्यम निर्देशिका तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । अध्यक्ष सिग्देलले भन्नुभयोः‘सरकारको काम देश विकास गर्ने हो तर स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने होइन ।’ युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य तथा महिला उपाध्यक्ष बाला अधिकारीले‘प्रतिगामी निर्देशिका’ तत्काल फिर्ता लिन माग गरे ।
यस्तै, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सरकारले राजपत्रमा प्रकाशित गरेको अनलाइन सन्चारमाध्यम निर्देशिका गलत प्रक्रियाबाट आएकाले अनलाइनलाई जुनसुकैबेला बन्देज लगाउने प्रतिगामी कदम भएको भन्दै विरोध जनाउनुभयो । महासचिव सिवाकोटीले भनेः‘ करोडौंको लगानी र सयौं पत्रकारको रोजगारी खोस्न सक्ने निर्देशिका तत्काल फिर्ता हुनपर्छ ।’
अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी ल्याइएको निर्देशिकाले भर्खरै फक्रँदै गरेका न्यू मिडियालाई निस्तेज गर्ने नियत प्रस्ट भएको बताए । उनले सरोकार नै नराख्ने ऐनमार्फत् ल्याइएको निर्देशिका फिर्ता नलिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
विभागका संयोजक युवराज गौतमको अध्यक्षता भएको कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघले उपलब्ध गराएको‘प्रेसकार्ड’ तीन दर्जन बढी पत्रकारलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.